Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपा र राप्रपाको अवरोधका बिच प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे सांसदलाई जानकारी

रास्वपा र राप्रपाको अवरोधका बिच प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे सांसदलाई जानकारी

काठमाडौँ : भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।

त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् ।

भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट