Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं: कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।भेटघाटका क्रममा कोइरालाले आफू सुशासन र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को पक्षमा रहेकाले बोहराको अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।

अभियन्ता बोहराले गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट