Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

काठमाडौँ : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन गरिएकाले यसको पूर्ण कार्यान्वयन हुने बताएका हुन् ।

उनले बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सम्भव रहेको उल्लेख गरे । त्यस्तै पौडेलले पछिल्लो समय शिथिलतामा रहेको अर्थतन्त्र क्रमशः चलायमान हुँदै गइरहेको र अर्थतन्त्रका समग्र परिसूचकमा सकारात्मक सुधार भइरहेको जिकिर गरे । उनले चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी विनियोजन गरिएको उल्लेख गरे ।

पौडेलले केही अपवादबाहेक कार्य विस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमामा रहेर बजेट निर्माण गरिएको बताए । उनले निर्माण व्यवसायीको बाँकी भुक्तानीका सम्बन्धमा देखिएको समस्या आगामी आर्थिक वर्षमा नदोहरिने दाबी गरे । सुनका गहनामा लगाइएको विलासिता करले अवैध कारोबार नियन्त्रण हुने भन्दै उनले यसमा व्यवसायीलाई कुनै समस्या नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट