Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ : प्रधानमन्त्री ओली

एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने खर्च घटाउन तयार रहेको बताएका छन् । विनियोजन विधेयकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो साह्रै परम्परागत कुरा भयो, एक रुपैयाँ घटाउने, एक सय रुपैयाँ घटाउने भन्ने । एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ’ ओलीले भने । अहिले संसदमा छलफलको क्रममा रहेको विनियोजन विधेयकमाथि प्रतिपक्षका सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्दैै आएका छन् । प्रतिनिधिसभा नियामावलीमै भएको व्यवस्था अनुसार राखिएका प्रस्तावमाथि ओलीले प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट