Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माओवादीले सरकारलाई दियो धन्यवाद

माओवादीले सरकारलाई दियो धन्यवाद

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यावाद दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले सरकारलाई धन्यवाद दिएका हुन्। हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेकोमा माओवादीले सरकारलाई धन्यवाद ज्ञापन गरेको हो।

‘भिजिट भिसाको छानबिन एकातिर संवैधानिक निकाय अख्तियारले गरिरहेको छ। निष्पक्ष रूपले होस् भन्ने हाम्रो अपेक्षा छ। यसको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू छन्। जनताको विषयमा पनि कुरा उठेको छ। त्यसबारे समितिले अध्ययन गर्नेछ,’ उनले भने।

उनले विगतदेखि नै हुँदै आएको समस्या तथ्यसंगत ढंगले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट