Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भिजिट भिसा प्रकरण : सरकारले गठन गरेको छानबिन समितिबारे रास्वपाले सदनमा धारणा राख्ने

भिजिट भिसा प्रकरण : सरकारले गठन गरेको छानबिन समितिबारे रास्वपाले सदनमा धारणा राख्ने

काठमाडौँ : भिजिट भिसा प्रकरणबारे छानबिन गर्न  सरकारले बनाएको समितिका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसद् बैठकमै सबै कुरा राख्ने भएको छ । प्रवक्ता मनिष झाले छानबिन समिति गठनबारे पार्टी आन्तरिक छलफलमै रहेको भन्दै यसबारे सबै विषय आजको संसदमै राखिने जानकारी दिए ।

‘भिजिट भिषामार्फत मानव तस्करी जस्तो संगठित अपराधबारे उठेको मुद्दासँग सम्बन्धित विषयमा सरकारले बनाएको समिति सम्बन्धी पार्टीको धारणा बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आन्तरिक छलफलमा छौँ।  दलको तर्फबाट धारणा सदनको बैठकमै दिनेछौँ’, उनले भने ।

छानबिन समिति गठनबारे आधिकारिक धारणा बनाउन रास्वपाको संसदीय दलको बैठक अहिले बसिरहेको छ । सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद् अवरोध गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट