Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग

गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

रुस, युक्रेन सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको उनले बताइन् । गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरिन् ।

सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने भन्दै प्रश्न गरिन् । भिजिट भिसा प्रकरण छानबिनको लागि अविलम्ब उच्चस्तरीय समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आफूहरूको अडान रहेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट