Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली

नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् । शनिवार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए ।

उनले आज विश्वमा अहिंसा र शान्ति चाहिएको र यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरे । हतियारधारी र अहङ्कारीहरूले योग र अनुशासन बुझ्न जरुरी रहेको भन्दै उनले मान्छेको अहङ्कार सबैभन्दा ठुलो खतरा रहेको बताए ।

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरूको लोभ गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट