Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् । उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो ।

न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए । आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् ।

बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट