काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले नाराबाजीलाई निरन्तरता दिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपाले सोमबार पनि संसद् बैठक बहिष्कार गर्ने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ, जुन निर्वाचन प्रणालीमा अपवादबाहेक बहुमत प्राप्त गर्न सक्दैनौँ। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट भएको पार्टीले पनि नेतृत्व गर्न पाउने व्यवस्था हो। यसकारण यो संसदमा एक सय सिट भएको पार्टी र एक सिट भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुन्छ,’ लिङ्देनको भनाइ छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद सन्तोष परियारलाई बोल्न समय दिए । परियारले बोलेपछि रास्वपाका सांसदहरू बेल घेर्न पुगेर नाराबाजी गर्न सुरु गरे । राप्रपाको बहिस्कार र रास्वपाको नाराबाजीकाबिच बजेटमाथिको छलफल जारी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij