काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्र
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आज सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताएका हुन् ।
यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको उनको आरोप छ । अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रूपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताए। मन्त्री पौडेलले भने, ‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ । आज सानो त्रुटि गरियो भने पनि हाम्रो भोट घट्छ । पार्टीको लोकप्रियता घट्छ । हाम्रो नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ । यो आजको समय हिजोको जस्तो होइन । यो प्रविधिकरण भएको समय हो । आज भौतिक रूपमा भेटेर सबै कुरा गर्नुपर्छ भन्ने छैन । त्यसैले संसार धेरै साँघुरिएको छ । हाम्रो देश पनि साँघुरिएको छ । काँग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरूमाथि टिका टिप्पणीहरू हुने वा नहुने स्थिति निर्माण हुन्छ ।’
मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रूपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने बताए । आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने जिकिर गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij