काठमाडौँ : पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा हस्तक्षेप सह्य नहुने बताएकी हुन्।
सरकार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता सङ्घ संस्थाको दबाबमा परेको बताइन। ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै उनले त्यसका लागि सरकारलाई रुलिङ गर्न सभापतिसँग अनुरोध गरिन्।
अङ्ग्रेजीमा एउटा भनाइ छ– 'डज द डग वाग द टेल, अर डज द टेल वाग द डग ? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने ? हामीले बनाउने हो कि सङ्घ सङ्गठनहरूले विधेयक बनाउने ?' उनले प्रश्न गरिन्।
महासङ्घले पोलिटिक प्रेसर दिन्छ भने त्यो पार्टीले थेग्नुपर्ने र त्यसको असर सांसदलाई पार्न नहुने उनले बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij