Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ : प्रचण्ड

सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए । साथै उनले सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफ्नो जोड रहने बताए । ‘अध्ययन गहिरो गरी हुनुपर्‍यो, संरचना बन्नुपर्‍यो। त्यो कुरामा सहमति भएको छु’, प्रचण्डले भने ।

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले इन्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट