Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल-भारत निकटताले नागरिकका आर्थिक समृद्धिको आधार बनोस् : परराष्ट्रमन्त्री राणा

नेपाल-भारत निकटताले नागरिकका आर्थिक समृद्धिको आधार बनोस् : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताएकी छन् ।नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताइन् ।

दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा सहयोग पुग्ने उनको भनाई थियो ।

नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै उनले भनिन्, ‘म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।’

विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको भन्दै उनले अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्ने बताईन् ।

परराष्ट्रमन्त्री आरजु राणा सम्बन्धित विषय प्रधानमन्त्रीपछि परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट कनिका छरेजस्तो बजेट नछुट्याउन परराष्ट्रमन्त्री राणाको सुझाव सरकार परिवर्तनको समाचार मनोरञ्जनका लागि मात्रै आएको हो : परराष्ट्रमन्त्री अव्यवस्थित शहरीकरण विश्वकै समस्या, क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री राणा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीति अघि सारेको छ : परराष्ट्रमन्त्री राणा

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट