Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाले ल्यायो भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव

रास्वपाले ल्यायो भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।रास्वपाले अगाडी सारेको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडी सारेको छ ।भिजिट भिसा प्रकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ल्याएको प्रस्तावमा सहमत भएपनि रास्वपाले भने काउन्टर प्रस्ताव अगाडी सारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट