Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

काठमाडौँ : महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ । नेसपा (नयाँ शक्ति) को लेटर हेड, चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो ।

नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ । आयोगमा दल दर्ता हुँदा नयाँ शक्ति नभएको हुँदा कारबाही अगाडि नबढाउन नेसपाले जानकारी गराएको हो ।

‘निर्वाचन आयोग नेपालको मिति २०७८/१/१५ को निर्णय अनुसार दल दर्ता नं १८२ बाट समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । आयोगको मिति २०७९।०४।१२ को निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता भएको हो।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन’, जानकारी पत्रमा भनिएको छ । साथै नेपाल समाजवादी पार्टीको पदाधिकारीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको आयोगलाई जानकारी गराएको छ ।

nesapa

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट