Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद्‌ भवनमै संवादमा जुटे कांग्रेस–माओवादी नेताहरू

संसद्‌ भवनमै संवादमा जुटे कांग्रेस–माओवादी नेताहरू

काठमाडौं : प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू छलफलमा जुटेका छन् ।नयाँ बानेश्वरस्थित संसद्‌ भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् ।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्कीलगायत रहेका छन् । माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत रहेका छन् । यसका अलावा प्रमुख सचेतक हितराज पाण्डे पनि निरन्तर संवादमा छन् ।गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयमले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतसँग छलफल गरेका थिए ।

कांग्रेससँगको छलफलमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे समेत सहभागी हुँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले समेत कांग्रेसका नेताहरूसँग संवाद गर्दै आएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै भेटेका थिए । देउवालई भेट्न प्रचण्ड उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।आइतबार विपक्षी दलहरूको बैठकमा प्रचण्डले देउवासँगको भेटबारे बृफिङ गरेका थिए । विपक्षी दलहरूको बैठकपछि माओवादी र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट