Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनुभएको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

मादकपदार्थ सेवनको जाँच हुनथालेपछि सवारी चालकले लागुपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।”

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग अनुरोध गर्नुभयो ।

लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै उहाँले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागुऔषधसम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामर्लाइ अभियानका रुपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले लागुऔषधको दुरुपयोग हुनसक्ने सम्भावित स्थल विद्यालय तथा छात्रबासलाई सुक्ष्म ढङ्गबाट निगरानी गर्नुपर्ने, यसको कारोबारमा संलग्न पक्षलाई हदैसम्मको कारबाही गर्नुपर्ने, स्थानीय तहमासमेत लागुऔषधसम्बन्धी छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, लागुऔषधसम्बन्धी सडक नाटक, निबन्ध प्रतियोगितालगायत रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने, लागुपदार्थ प्रयोग गर्ने सवारी चालकलाई हदैसम्मको कारबाहीको व्यवस्था हुनुपर्ने, लागुऔषध दुरुपयोग तथा अवैध ओसापसारसम्बन्धी देशव्यापी रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, खुला सिमानामा हुनसक्ने ओसारपसारतर्फ सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

लागुपदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष एक लाख ३४ हजार मानिसको ज्यान जाने गरेको औपचारिक तथ्याङ्क रहे पनि पाँच लाखभन्दा बढीको निधन हुने गरेको सो अवसरमा बताइयो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट