Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री

अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरू बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया सुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताए ।

उनले सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनको भनाइ छ । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । यस विषयमा विपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए । मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हनु नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट