Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा

सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा

काठमाडौँ : गृहमन्त्री रमेश लेखक सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । लेखकलाई निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटना बारे जानकारी गराएका थिए । मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट