Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन

संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन

काठमाडौँ : भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र प्रमुख सचेतकबिच संसद्को अवरोध खुलाउनेबारे छलफल भएको रास्वपा उपसभापति डा‍‍.वाग्लेले जानकारी दिए ।

‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबिच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्ना धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ,’ डा. वाग्लेले रातोपाटीसँग भने, ‘कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’

उनले भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपाका माग यथावत् रहेका बताए । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । कांग्रेसले भने गृहमन्त्रीविरुद्ध कुनै पनि आरोप नलागेकाले सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट