Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजावादीहरु आन्दोलनको स्वरूप फेर्ने तयारीमा

राजावादीहरु आन्दोलनको स्वरूप फेर्ने तयारीमा

काठमाडौँ : वर्तमान व्यवस्था विरोधी राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि गर्दै आएको आन्दोलनका स्वरूप फेर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको बुधबार बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।

राजावादीको आन्दोलनलाई मध्यनजर गरेर सरकारले काठमाडौँका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक चक्रपथभित्रका अन्य स्थानमा निषेधाज्ञा जारी गरेको छ।‘आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रस्ताव आएका छन्’, नेपालले भने, ‘निर्णयका लागि आज बैठक बस्दैछ ।’

उनले नेपालबाहिर भएका विभिन्न देशका दूतावासमा घेराउ, प्रदर्शन गर्ने, नेपालका जिल्ला जिल्लामा पनि सोही प्रकारका कार्यक्रम गर्ने र काठमाडौँमा पनि एक ठाउँमा मात्र केन्द्रित नभएर विभिन्न स्थानमा आन्दोलन गर्ने कार्यक्रमहरू तय हुनसक्ने बताए ।

राजावादीहरूको पहिलो चरणको आन्दोलन मंगलबार सम्पन्न भएको थियो । राजावादीहरूको आन्दोलनमा ४४ वटा दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी भएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट