Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारी बैठकलाई मन्त्री राणाले सम्बोधन गर्ने

सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारी बैठकलाई मन्त्री राणाले सम्बोधन गर्ने

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्ने भएकी छन् । सम्बोधनका लागि उनी बुद्ध एयरको नियमित उडानमार्फत मंगलबार धनगढी पुगेकी छन् । विमानस्थलमा मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले मन्त्री राणालाई स्वागत गरे । मंगलबार र बुधबार (जेठ २० र २१) सम्म सञ्चालन हुने पूर्वतयारी बैठकमा मन्त्री राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमार्फत प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई उजागर गर्दै दीगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।'सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने मूल नारासहित सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट