Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमालेभित्र ओलीले चलाए ‘म झोले हो’ अभियान

एमालेभित्र ओलीले चलाए ‘म झोले हो’ अभियान

काठमाडौं : राजावादी आन्दोलन चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले अन्य दलभन्दा बढी रक्षात्मक देखिएको छ ।प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीसँग आक्रामक अभिव्यक्ति दिइरहेका हुन्छन् । त्यसो त गणतन्त्र दिवसकै दिन पारेर राजावादीहरुले व्यवस्थाको विरुद्धमा प्रदर्शन गरेका थिए । सोही दिन एमालेले समेत राजावादीलाई ‘काउन्टर’ दिन गणतन्त्रको पक्षमा प्रदर्शन गरेको थियो ।

प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनलाई दबाउन आफ्ना कार्यकर्ताहरुलाई काठमाडौं कब्जा गर्न निर्देशन नै दिएका थिए, जुन व्यापक आलोचना समेत भएको थियो ।दैनिकजसो राजतन्त्र र राजावादी आन्दोलनप्रति कटाक्ष गरिरहेका ओलीले सामाजिक सञ्जालमा झोले अभियान नै चलाएका छन् ।

ओलीले ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गर्दै राजतन्त्रप्रति घुमाउरो भाषामा कटाक्ष गरेका छन् ।‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।ओलीले एमालेले गणतन्त्रको रक्षा गरेको दाबी गर्दै एमाले कार्यकर्तामाथि निरन्तर प्रहार भइरहेको र गणतन्त्रको पक्षमा बोल्दा ‘झोले’ भनिएको संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कुनै शक्तिलाई महान बनाउनुपर्दा सामूहिकतामा विश्वास राख्ने शक्तिलाई झोले भनिने गरेको भन्दै कटाक्ष गरे । त्यस्तै असत्यको भीड ठूलो भए पनि सत्यको पक्षमा बोल्न कहिल्यै छाड्न नहुने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,’ उनले भनेका छन् ।

त्यसो त प्रधानमन्त्री ओलीकै शैलीमा ओलीको सचिवालयदेखि शीर्ष नेताहरुसम्मले ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौैलासहितका नेताहरुले सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट