काठमाडौं : विगत ११ महिनादेखि संवादमा नरहेका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज भेटवार्ता भएको छ ।पार्टीको १४ औँ महाधिवेशनमा एउटै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच लामो समयसम्म संवाद भएको थिएन ।
भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकको बारेमा एउटै अभिब्यक्ति दिएका कोइराला र थापाले आज भेटवार्ता गरेका हुन् ।गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका कारण डा. कोइरालालाई कांग्रेस पदाधिकारी बैठकमै स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको थियो ।काग्रेस नेता शशांक कोइरालाले शेखरलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए ।
त्यसपश्चात कांग्रेसका महामन्त्री थापाले ढिलै भएपनि गृहमन्त्रीको बारेमा मुख खोलेका थिए । दुबै नेतामाथि संवाद गर्न नेता–कार्यकर्ताहरूको दबाब थियो ।
उक्त भेटमा केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम र राजीव कोइराला सहभागी भएपनि काइराला र थापाबीच केहीबेर एक्ला–एक्लै (वान टु वान) वार्ता भएको थियो ।पार्टी सभापति शेरबहादुर देउवाले अनुशासन समितिको बैठक बोलाएपछि त्यसअघि कोइराला र थापाबीच भेटवार्ता भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij