Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नन्द कुमारले दिए नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा

नन्द कुमारले दिए नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्द कुमार रानाले पार्टी परित्याग गरेका छन् ।उनले जेठ १५ गते पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नागरिक उन्मुक्ति पार्टी स्थापना समयमा लिएको राजनीतिक मर्म र उद्देश्यबाट विचलन भएको गम्भीर आरोप लगाएका छन् ।

“भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयताको मूल मर्मलाई बिर्सिएर पार्टी परम्परागत संसदीय दलको सिकोमा पद, प्रतिष्ठा र सत्ताकै लागि केन्द्रित हुँदै गएको छ,” राजीनामा पत्रमा उल्लेख गरिएको छ, “यसले सीमान्तकृत समुदायको स्वतन्त्रता, पहिचान र समृद्धिका पक्षमा आशा गरिएको भूमिका खेल्न सकेन ।”

रानाले आफू लामो समयदेखि उत्पीडित र उपेक्षित समुदायको अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै पछिल्ला गतिविधिहरू पार्टीको नैतिक मूल्य र राजनीतिक संस्कारसँग मेल नखाने भएकाले अब पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको बताएका छन् ।राजीनामा पत्रमा उनले पार्टीका सम्पूर्ण जिम्मेवारी–केन्द्रीय सदस्य, कञ्चनपुर जिल्ला अध्यक्ष तथा साधारण सदस्यता–परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन् । “पार्टीमा मलाई दिइएको जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्दछु,” पत्रको अन्त्यमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट