Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दीपक शर्माको नयाँ टेलिसिरियल 'दले दाइ' आउँदै

दीपक शर्माको नयाँ टेलिसिरियल 'दले दाइ' आउँदै

काठमाडौँ : कलाकार दीपक शर्माको नयाँ टेलिसिरियल 'दले दाइ' दर्शकमाझ आउने भएको छ। निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा रहेका यो सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यता र त्यसका कारण नेपालीहरू विदेशिन बाध्य हुनुपर्ने कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।शर्माले जानकारी गराएअनुसार, सिरियलको पहिलो चरणको छायांकन शनिबार सम्पन्न भइसकेको छ र दशैंको अवसरमा युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।

'दले दाइ' मा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी 'कैलु', शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्।

सिरियल अमलाचौर मिडिया नेटवर्क को ब्यानरमा निर्माण गरिएको हो। सिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् भने छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, सम्पादन दिवाकर चौधरी र शीर्ष संगीत सरु पौडेलले गरेका छन्।'दले दाइ' मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको निर्माता शर्माले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij