Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमालेले पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनायो

एमालेले पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनायो

काठमाडौँ : नेकपा एमालेले गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनाएको छ ।गणतन्त्र दिवसका अवसरमा एमालेले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्‍यालीको आयोजना गरेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली विभिन्न स्थान हुँदै रत्नपार्क पुगेर समापन भएको थियो । गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिक्रियावादी तत्त्वहरूले गणतन्त्रलाई चुनौती दिन खोजेका बेला एमालेले उत्सवका रूपमा मनाएको भन्दै उनले यसलाई कब्जाको भाषाका रूपमा नबुझ्न आग्रह गरे ।

र्‍यालीका क्रममा ‘गणतन्त्र जिन्दाबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, लगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट