Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विकास र परिवर्तनले जनतामा आत्मविश्‍वास बढ्योः प्रधानमन्त्री ओली

विकास र परिवर्तनले जनतामा आत्मविश्‍वास बढ्योः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि सरकारले गरेको प्रयासले जनतामा आत्मविश्वास पलाउँदै गएको बताएका छन् ।बुधबार काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा जनतामा पलाएको बताएका हुन् ।

उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिएको उहाँले बताए । केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकै दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुुई करोड ९६ लाख यान अनुदान दिनेछ ।सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुुई पक्षीय हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट