Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा

राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएकाले लेखकले राजिनामा दिनु पर्ने बताएका छन् ।

भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनाको अनुसन्धानमा सघाउन राजीनामा दिन उनले माग गरे ।गृहमन्त्रीले राजीनामा नदिए राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीको चेतावनी छ ।यता, भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट