Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

साढे तीन बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

साढे तीन बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ : संघीय संसद अन्तर्गत बुधबार बसेको प्रतिनिधि सभाको बैठक साढे तीन बजेसम्मका लागि स्थगित भएको छ । यसअघि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले संसद् सुरु भएको जानकारी गराउना साथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट