Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘बिहीबारको आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’

‘बिहीबारको आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’

काठमाडौँ : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।शान्तिबाटीकामा आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने उनले बताए । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे ।उनले आफूहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट