Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसदमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने कांग्रेस–एमालेको प्रयास असफल

संसदमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने कांग्रेस–एमालेको प्रयास असफल

काठमाडौं : भिजिट भिसा प्रकरणमा नाम जोडिएसँगै सडकदेखि सदनसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ ।गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले मंगलबारदेखि सदन अवरोध गर्दै आएका छन् ।

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चलाउन नदिने अडानमा प्रतीपक्ष दल छन् ।तर, सत्ता पक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्री लेखकको बचाउ गर्दै राजीनामा दिनु नपर्ने र छानविन समीति पनि गठन गर्नु नपर्ने बताउँदै आएका छन् ।आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेले पेलेरै सदन चलाउन खोजेका थिए।

तर, बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहे ।विपक्षीको अवरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेसँगै विपक्षीलाई पेलेरै जाने कांग्रेस एमालेको दाउमा तुषारापात लागेको छ ।स्थगित गरेको दुई घण्टा वित्न लाग्दा समेत बैठक सुरु हुन सकेको छैन । हिजो पनि आधा घण्टाका लागि भनेर स्थिगित गरिएको बैठक चल्न सकेन ।

यता, आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सदनको अवरोध खुलाउन अनुरोध गरेका थिए ।तर, प्रचण्डले भने गृहमन्त्रीलाई राजीनामा दिन लगाई संसदमा जानकारी गराएपछि मात्रै अवरोध खुल्ने बताएका थिए ।गृह र स्वास्थ्यमन्त्री बोकेर बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच अवरोध भएको सदन कसरी चलाउने भन्नेबारे छलफल भएको थियो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट