Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विप्लव नेतृत्वको नेकपाका भरतपुर सेक्रेटरी ढकालसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश

विप्लव नेतृत्वको नेकपाका भरतपुर सेक्रेटरी ढकालसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमिटीका प्रभावशाली नेताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।बुधबार भरतपुर १४ स्थित रेनु दाहालको निवासमा भएको एक कार्यक्रममा महानगर सेक्रेटरी दीपक ढकालको नेतृत्वको नगर समितिका सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको केन्द्रिय सदस्य एवं चितवन जिल्ला इञ्चार्ज घनश्याम दाहाल अविनासले जानकारी दिएका छन् ।यस्तै चित्रबहादुर परियारको नेतृत्वमा नेकपा एमालेसहित अन्य पार्टीका स्थानिय कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको उपलब्धी रक्षामा केन्द्रित हुन आग्रह गरेका छन् ।तत्कालीन जनयुद्ध र त्यसको उपलब्धि संस्थागत एवं संरक्षण गर्नका लागि पूर्व माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।साथै आवश्यकता औचित्यका आधारमा नेताहरुलाई जिम्मेवारी दिन पार्टीका नेताहरुले उनले निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु इश्वरी भट्टराई, घनश्याम दाहाल अविनास, निशा न्यौपाने, जिल्ला संयोजक आरसी अधिकारी, भरतपुर अध्यक्ष एवं प्रदेश सांसद इश्वर सापकोटा सुमन, नारायण आचार्य, नन्दलाल दाहाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।आफ्नो निर्वाचन क्षेत्र गोरखाको विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड मंगलबार चितवन आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट