Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : अध्यक्ष प्रचण्ड

गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : अध्यक्ष प्रचण्ड

१३ जेठ,गाेरखा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन गरेका छन्।

समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासमा आफ्नो विशेष ध्यान रहेको बताउँदै प्रधानमन्त्री हुँदा संघीयताको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्ने पहल गरेको स्मरण गरे। उनले भने, “संघीयता कार्यान्वयनमा धेरै काम अघि बढाइएको थियो, तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।”

संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएको भन्दै उहाँले चिन्ता व्यक्त गरे । “गाउँगाउँमा सिंहदरबार” भन्ने अवधारणा आफूले ल्याएको तर पूर्ण कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ थियो। बुढी गण्डकी जलविद्युत आयोजना अहिले रोकिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसमा पुनः गति दिन आवश्यक रहेको धारणा राखे।“अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुनुपर्छ,” अध्यक्ष प्रचण्डले जोड दिनुभयो, “शुसासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ।”

युवाहरूको विदेशिने प्रवृत्ति र समाजमा बढ्दो निराशाबारे चर्चा गर्दै उहाँले स्वदेशमै स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी आशाको भावना जगाउनु पर्नेमा जोड दिए। “नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,” उनले भने।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट