Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नवराज सुवेदीले भने – सरकारको रबैयाले चैत १५ गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको छ

नवराज सुवेदीले भने – सरकारको रबैयाले चैत १५ गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको छ

काठमाडौं : राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।शान्तीपुर्ण आन्दोलन हुने दाबि गर्दै आएका उनले सरकारको रबैयाले चैत १५गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको बताएका छन् ।

जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा सुवेदीले यस्तो बताएका हुन् ।राजावादीहरुले निर्णायक आन्दोलनको तयारी गरीरहेकाबेला प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै पत्रकारहरू साक्षी बसिदिन समेत उनले अनुरोध गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट