Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद अबरुद्ध गर्दै विपक्षीले मागे गृहमन्त्रीको राजीनामा, आधा घण्टाका लागि स्थगित

संसद अबरुद्ध गर्दै विपक्षीले मागे गृहमन्त्रीको राजीनामा, आधा घण्टाका लागि स्थगित

काठमाडौं :  भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै विपक्षी दलहरूले संसद अबरुद्ध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपाहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।

उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । विपक्षको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट