Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् । १६ गते पोखरा आए पनि जेठ १७ गते बाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले महायज्ञमा १० दिन सम्म श्रीमद देवीभागवत कथा वाचन गर्ने छिन् । जेठ १४ गते आउने कार्यक्रम भएता पनि समय व्यस्तताले १६ गते देखि आउने कार्यक्रम तय भएको ढकालले जानकारी दिए ।

भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छन्। ‘यस्तो ऐतिहासिक कोटिहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’ उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनु होला । म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटिहोममा भेटौला।’

जारी कोटिहोममा जेठ १० गते देखि पुन अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । देवी प्रतिभाले जेठ १६ गते सम्म कथा वाचन गर्ने छिन् भने उनको बिदाइसँगै भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्ने छिन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आटेका हरेक गतिविधिमा पूर्ण रूपमा साथ दिदै आएका कथा वाचीका देवी प्रतिभा र राधिाका दासीको कोटिहोम आगमले आफूलाई उर्जा मिलेको बताए । देवी प्रतिभालाई बहिनको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले देवी र माताको प्रवचन सुन्ने अवसरलाई सदुपयोग गर्न भक्तजनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij