Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बानेश्वरमा प्रतिपक्षी दलको भेला, सदनको कारबाही चल्न नदिने रणनीति

बानेश्वरमा प्रतिपक्षी दलको भेला, सदनको कारबाही चल्न नदिने रणनीति

काठमाडौं : भिजिट भिसा दुरुपयोग प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने तयारी गरेका छन् । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामालाई प्रमुख माग बनाउँदै सदनको कारबाही चल्न नदिने रणनीति बनाएका हुन् ।

अध्यागमनका कर्मचारीहरूको मिलेमतोमा भिजिट भिसामा विदेश पठाउने नाममा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको तथ्य सार्वजनिक भएपछि यो प्रकरणले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । यस प्रकरणमा गृहमन्त्री लेखकको समेत सम्भावित संलग्नता रहेको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग गर्दै आएका छन् ।

अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । उक्त बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदनमा सरकार र सत्तारूढ दलका सदस्यहरूलाई बोल्न नदिने र सदनको कारबाही अवरुद्ध गर्ने विषयमा ठोस निर्णय लिने बताइएको छ ।

यद्यपि, सोमबार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको थियो । उक्त बैठकले लेखकले राजीनामा दिनु नपर्ने अडान लिएको थियो । सत्तापक्ष र प्रतिपक्षबीचको यो अडानका कारण आजको प्रतिनिधिसभा बैठक पनि सहज रूपमा सञ्चालन हुन नसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट