Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गङ्गानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन (तस्बिरहरू)

गङ्गानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन (तस्बिरहरू)

काठमाडौँ : गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ ।सोमवार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबिच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो ।समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरे ।साथै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबिच पाँच बुँदे सहमति भएको घोषणा गरे ।

उनकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताए । यस्तै उनले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताए ।

साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रीयता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उनले जानकारी गराए ।महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।

उनले भने ‘पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुनेछ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुनेछ । समाजवादी क्रान्तिका लागि परिस्थितिअनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ । पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रीयता सैद्धान्तिक मान्यता अनुसार पार्टीलाई सञ्चालन गरिनेछ । कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्ती छलफल गर्न सकिनेछ । पार्टी समायोजनको नेतृत्व गरिरहनुभएका गङ्गानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारीसहितको कार्य विभाजन गरिनेछ ।’

श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट