काठमाडौं : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष भएको निष्कर्ष निकालेको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष भएको निष्कर्ष निकालेको हो ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको कांग्रेसले जनाएको छ ।बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष पनि निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।भट्टराईमाथि अनुसन्धान हुने चाल पाएका गृहमन्त्री लेखकले मंगलबार नै उनलाई गृहमा तानेका थिए ।भिजिट भिषा प्रकरणपछि गृह मन्त्रालयले विमानस्थलको अध्यागमनमा कार्यरत ९ जना नायब सु्ब्बा ५ जना कम्प्युटर अपरेटरको सरुवा गरिसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij