काठमाडौं : पूर्व बैंकरसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ ।आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख शाहको राजीनामा स्वीकृत गरेको हो ।
शाहले आफू पार्टीमै क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी त्याग्ने निर्णय गरेका थिए ।शाहलाई रास्वपाले २०८० साल असार ७ गते प्रशिक्षण विभागको प्रमुखमा नियुक्त गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij