Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्यान्सर अस्पतालमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी ‘मायस्थेनिया ग्राभिस’को सफल शल्यक्रिया

क्यान्सर अस्पतालमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी ‘मायस्थेनिया ग्राभिस’को सफल शल्यक्रिया

भरतपुर : चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी ‘मायस्थेनिया ग्राभिस’को सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालमा दाङदेखि उपचार गर्न आएकी २२ वर्षिया एक महिलाको जेठ ८ गते सफल शल्यक्रिया गरिएको कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए । पौडेलले चिनिया सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताए।

अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताए । एनेस्थेसियोलोजिष्ट समेत रहनु भएका डा. न्यौपानेले काठमाण्डौंमा समेत नभएको शल्यक्रिया यहाँ हुनुलाई ठूलो उपलब्धि मान्नु पर्ने बताए ।

महिलाको छातीमा एउटा सानो चिरा मात्रै पारेर ल्याप्रोस्कपी प्रविधिबाट अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले सो शल्यक्रिया गरेका थिए । डा. ठाकुरका अनुसार काठमाण्डौंमा एक वर्ष अघि रोग पहिचान परी ती महिलाले औषधिको सेवन गर्दै आएकी थिईन् । उनका अनुसार मायस्थेनिया ग्राभिस भएपछि जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यसको विकल्पमा शल्यक्रिया हो । ठाकुरले यो उपकरण सर्वसुलभ रुपमा नपाईने भन्दै कार्यकारी निर्देशक डा. पौडेलको पहलमा चीनमा पाईने उपकरण ल्याई उपचार सभ्भव भएको बताए ।

यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाईप राखेर शल्यक्रिया गर्ने गरेको भन्दै डा. ठाकुरले भने “यस पटक एउटा मात्रै प्वाल बनाएर, पाईप नै नराखी गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गरिने छ ।

। ‘मायस्थेनिया ग्राभिस’को शल्यक्रिया नेपालमा नै निकै कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा। ठाकुरले आफूले वार्षिक १० जना हाराहारीको गर्ने गरेको बताए । यो शल्यक्रिया निकै जोखिमपूर्ण मानिन्छ ।

यो रोगका बिरामीको मसल पहिले नै निकै कमजोर हुने भन्दै डा. ठाकुरले त्यसमाथि मसल रिल्याक्सिङ औषधि दियो भने विरामी निको नहुने जोखिम बढी हुने बताए । उनले भने “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेरिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”

यो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको खर्च समेत निकै कम लाग्ने डा. ठाकुरको भनाई छ । शल्यक्रियापछि बिरामी छिटो निको हुने र लामो समय अस्पताल बस्नु नपर्ने उनको दावी छ ।

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा नन इन्कुवेटर प्रविधि प्रयोग गरिएको बताईन्। “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाईप राखेर बेहोस् बनाउने गरिन्थ्यो उनले भनिन् पाईप मार्फत् मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अंगलाई प्यारालाईज गर्दथ्यो ।

यो रोग लागेका यस्ता बिरामीले मासिक १०–१५ हजारको औषधि खानु पर्छ । औषधिको साईड इफेक्ट पनि हुन्छ डा. ठाकुरले भने त्यसैले शल्यक्रिया बढी लाभदायी हुन्छ ।”

यो रोगले कुनै पनि उमेरका मानिसहरूलाई असर गर्न सक्छ, तर यो ४० वर्षभन्दा कम उमेरका र ६० वर्षभन्द माथिकामा बढी देखिन्छ । डा. ठाकुरले विश्वमा यो रोग एक लाख जनामा एक जनामा नयाँ र आधारभूत रुपमा हेर्ने हो भने एक लाख जनामा १५ देखि २० जनामा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij