Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

देउवाले बोलाए पदाधिकारी बैठक, गृहमन्त्रीलाई फिर्ता बोलाउन सक्ने !

देउवाले बोलाए पदाधिकारी बैठक, गृहमन्त्रीलाई फिर्ता बोलाउन सक्ने !

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।सभापति देउवाले सोमबार बिहान आफ्नै निवासमा बस्ने गरि कांग्रेस पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने भनिएको छ । गृह मन्त्रालयसँग जोडिएको पछिल्लो घटना बैठकको प्रमुख विषय बन्ने देखिन्छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएपछि देउवाले निर्णय लिन बैठक बोलाएका कांग्रेस स्रोतले बतायो ।भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गम्भीर अपराधमा संलग्न समूहबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सहित चार जना अनुसन्धानको दायरामा छन् ।

अख्तियारले गृह प्रशासनका अन्य कर्मचारी र यो गिरोहमा संलग्नताबारे गृहमन्त्रीको सचिवालयका केही कर्मचारीमाथि समेत छानबिन सुरु गरेको छ ।गृहमन्त्रीको सचिवालय नै विवादमा तानिएपछि गृहमन्त्री लेखक समेत दबाबमा आएका छन् । उनकै दलका नेता शेखर कोइरालाले नै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट