Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माओवादीमय बन्दै गएको छ देश : अध्यक्ष प्रचण्ड

माओवादीमय बन्दै गएको छ देश : अध्यक्ष प्रचण्ड

कास्की : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश माओवादीमय बन्दै गएको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत शनिवार पोखरामा भएको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले त्यस्तो बताउनुभएको हो ।

अभियानमार्फत धेरै जनताको माया पार्टीले पाइरहेको जनाउँदै अध्यक्ष प्रचण्डले वि.स २०६४ को जस्तै एकपटक फेरी माओवादीमा संगठीत हुने भाव जनतामा देखापरेको दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी आन्तरिक रुपान्तरणको अभियानमा रहेको पनि स्पष्ट पार्नुभयो । हामीले रुपान्तरणको अभियान नेतृत्वबाट सुरु गरेका छौं, त्यसअनुरुप सबै नेता तथा कार्यकर्तालाई एकपटक आफ्नै आत्मआलोचना, समीक्षा गर्न आग्रह गर्दछौं, त्यसबाट मात्रै नयाँ क्रान्तिमा होमिन सहयोग पुग्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

पार्टीले सहिद, वेपत्ता योद्धा परिवार, घाइते, अपाङ्ग, जेल नेलबाट यातना भोगेकाहरुसँग फेरी नयाँ सम्बन्ध कायम गर्न खोजेको उल्लेख गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले संविधान संशोसन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था लागु गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रसँग दुई कम्युनिष्ट घटकको छिट्टै एकीकरणको तयारी भइरहेको बताउनुहुँदै ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको पनि औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij