Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टिपरले ठक्कर दिँदा चालकको मृत्यु, एकजना घाइते

टिपरले ठक्कर दिँदा चालकको मृत्यु, एकजना घाइते

वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६, नगवानिवासी मोटरसाइकलचालक २२ छोटु साह सोनारको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार अपराह्न वीरगन्जबाट अलौतर्फ आउँदै गरेको बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ७ ख.९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट मृतक सोनारको टाउको छातीमा चोट लागेपछि उपचारको क्रममा नीलकण्ठ अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

यस्तै, मोटरसाइकलपछाडि सवार वीरगन्ज महानगरपालिका २९, रतनपुर टोलनिवासी २९ वर्षका सुकुरुला अन्सारी घाइते भएका छन्।

अन्सारीको कमर र दुईटै खुट्टामा चोट लागेर सामान्य घाइते भएको नेसनल मेडिकल कलेज वीरगन्जमा पर्सामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

ठक्कर दिने टिपरसहित चालक कलैया उपमहानगरपालिका १६ निवासी ३२ का कृष्णप्रसाद पटेलसमेतलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij