चितवन : चितवन राष्ट्रिय निकुञ्जको गैँडाको खागसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले आइतबार दुई जना पुरुषलाई पक्राउ गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवनले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले आज एक विज्ञप्ति मार्फत जनाए अनुसार निकुञ्ज कार्यालयलाई प्राप्त भएको विशेष सूचनाको आधारमा आइतबार दिउँसो तीन बजेतिर दुई जना पुरुषलाई गैँडाको खागसहित पक्राउ गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ९, मा पर्ने बीसहजार रोडबाट पक्राउ परेका दुबै जनाको निकुञ्ज कार्यालयले पहिचान भने खुलाएको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले खाग तस्करमा अन्य व्यक्तिहरू पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेकोले पहिचान नखुलाइएको जानकारी दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij