काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन् । आइतबार सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।
अनेमसंघ इन्चार्ज जयन्ती राईले जानकारी दिइन् । उनका अनुार संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएकी छन् भने उपाध्यक्षहरुमा क्रमश उषा पोखरेल, अनारकलीम मियाँ, लिना खान, देवी ओली, गिता सोडारी, र भगवती नेपाल पनि सर्वसम्मत चयन भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij