काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए । उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्ने प्रश्न पनि गरे ।
‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?,’ सांसद शाहीले भने ।उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij