रौतहट : पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा दुर्घटनामा परेर एकजना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।
दुर्घटना भएको गाडी हालसम्म यकिन गर्न नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्। गएराति १० बजेको समयमा चन्द्रपुर ४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेको थियो।
प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij